×


चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीनले कार्यकक्षमै रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ ।

जुम मिटिङ चलिरहेको बेला कृषि संकायका डिन जयप्रकाश दत्तले कार्यकक्षमा महिला कर्मचारीसँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको हो । दत्तले जुम मिटिङकै चलिरहेकै समयमा महिला कर्मचारीलाई अंगालो हालेको र चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ । उक्त जुम मिटिङमा ६३ जना सहभागी रहेका थिए।

उक्त समयमा  विश्वविद्यालयका सहप्राध्यापक सन्तोष मरहठ्ठा जुम मिटिङमा बोलिरहेका थिए। सोहि बेला माइक मात्र म्युट गरेर  दत्तले महिला कर्मचारीलाई अंगालो हालेको देख्न सकिन्छ ।

उनी डिनको एक कार्यकाल सकेर पुनः अर्को कार्यकालको लागि नियुक्त भएका हुन् । उक्त भिडियो भाइरल भएपछि विश्वविद्यालयमा हंगामा मच्चिएको छ । त्यस्तै उनले विश्वविद्यालयको स्रोतसाधनको चरम दुरुपयोग गर्ने गरेको समेत आरोप लाग्ने गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस