MLBBL 1635 15 NLIC 814 -13.4 RBCLPO 12300 88 MFLD85 1050 -20 BARUN 379 -6.1 NBF2 9.15 -0.05 JBLB 1534 -3 SGHC 393.6 0.1 SHEL 242.9 -4.7 ULBSL 3199 37 BFC 625 9.1 GMFBS 1512.1 -16.9 MLBS 1532.3 -86.7 KMCDB 1027.8 -11.1 CMF1 10.5 -0.2 AHL 651 2 USHEC 523 -7 CKHL 632 -8 TAMOR 482.9 -2.1 SADBL 419 -1 SWBBL 1065 2.1 HHL 439 -3.2 NHDL 570 0 NSIF2 10.52 0.02 SHLB 1886.9 1.9 RHGCL 388 0 RIDI 235 0 GUFL 735 5 HRL 861 -4 DLBS 1374 30 SWMF 812 -13 MSLB 1564 -70 KSBBL 448 -3 DOLTI 538 10 GBIME 256.1 -4.4 NTC 980.1 -2.4 STC 5908 9 CITY 805 -17 API 289.5 2.5 SMATA 875 -16
×
यती एयरलाइन्सको फ्लाइट डाटा रेकर्डरमा यस्तो भेटियो तथ्य !



पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ ।

दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु देखिएको छ । सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको तथ्य फेला पारेको हो ।

‘जहाज उडान ब्लेडलाई कुनै निश्चित डिग्रीसम्म हामीले उडानमा छड्के बनाइरहेका हुन्छौं । यसो गर्दा जहाजमा ड्र्याग र थ्रस्ट पावर उत्पन्न हुन्छ । तर फेदर मोडमा हुनु भनेको जहाजको एरोडाइनामिक मुभमेन्ट नहुनु हो । अर्थात् इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था हो,’ एक पाइलटले भने ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस