SADBL 319 -6.1 SRLI 435 -5 NMB 179 0.9 IGI 531.3 -4.1 JBBD87 1000 -4 NICSF 8.75 -0.05 ENL 827 12.1 MLBSL 1900 61 ULHC 326.2 -3.8 LBBL 374 -2.4 PRSF 8.55 0 TPC 464.6 -15.4 MEN 543 -1.8 BBC 3705 -23.9 SIFC 415.5 -2.5 NICD83/84 1033 7.9 CZBIL 158 -3.9 TSHL 493.2 -6.8 CBLD88 1040 -19 RHGCL 384 1.5 GUFL 696 -12 EHPL 437.3 -5.7 VLBS 903 37 ANLB 2161 41 OHL 750 -4 LVF2 7.91 -0.04 AVYAN 915.2 68.2 PMLI 495 -8 NABILD87 1038 -2 GMFBS 1355 101 PPCL 230.5 -4.5 RHPL 264 -3 ACLBSL 945 45 ALBSL 898.9 18.9 NBF2 8.08 -0.02 MAKAR 366.2 -7.7 GILB 1244 94 PPL 516 -54 FOWAD 1260 50 PCBL 194 -1.9
×
नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन , कति दिने आवेदन ?



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सुक्रबार दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ जनाले २ करोड १६ लाख ६८ हजार ६१० कित्ताका लागि आवेदन दिएका छन् । हाल सम्मको आवेदनलाइ हेर्दा करिब ४ प्रतिसत लगानीकर्ताले १० किताको दरले शेयर हात पार्ने देखिन्छ भने बाकिको हात खालि रहने छ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। माग भन्दा बढी आवेदन परेको हुदा १० कित्ता आवेदन दिदा नै ठिक हुनेछ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

nesdo नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन , कति दिने आवेदन ?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस