नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















