×
Lagani
Lagani Shiksha gif
हिउँ परेपछि कसैलाई फोटो र टिकटक खिच्न भ्याइ-नभ्याई, कसैलाई कष्टकर (फोटो कथा)



सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु, त्रिपुरासुन्दरीको लब्से, बाह्रबिसेको सोताङ, गोब्रे, ओखरेनी, पाँचपोखरीको उच्च क्षेत्रमा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको  छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथान, आमा याङ्ग्री, तार्केघ्याङ, ठाडेपाटी, मेलम्ची घ्याङलगायत उच्च भूभागमा मंगलबारदेखि बाक्लो हिमपात सुरु भएको हो ।बिहीबार बिहानैदेखि हल्का वर्षासहित हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभागमा जनजीवन प्रभावित बनेको हो । खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरीक, पशुचौपाय मारमा परेका छन् ।

Lagani Shiksha gif
sharehubapk हिउँ परेपछि कसैलाई फोटो र टिकटक खिच्न भ्याइ-नभ्याई, कसैलाई कष्टकर (फोटो कथा)

किसानहरू कामका लागि घरबाहिर निस्कन सकेका छैनन् । हिमाली क्षेत्रमा बाक्लो हिमपात परेपछि हिउँ खेल्नेहरुको चहलपहल बढेको छ । काठमाडाैं र नजिकको बजारबाट हिँउ खेल्नेहरू आउन थालेको मुडेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका विनोद तामाङले बताए ।

यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागीडाँडा आसपासमा हिउँ परेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका माइते तामाङले भने, ‘बाहिर निस्किन सक्ने अवस्था छैन,  बच्चा र बुढा आमाबुवालाई निकै गाह्रो भएको छ ।पशुचौपायलाई के खुवाउने कसरी जोगाउने भएको छ । घरको छानादेखि सडक, वनजंगल हिउँले ढाकेर सेताम्यै बनेका छन् ।’

शेर्माथानमा तीनदेखि चार इन्चसम्म हिउँ परेको छ । हिउँ परेपछि कोही फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न आतुर छन् भने कोहीलाई दिन बिताउन कष्ट भएको छ । हिमपात सुरु भएपछि सिन्धुपाल्चोकमा पनि चिसो बढेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस