×
Lagani
Lagani Shiksha gif
बुटवल पावर र मल्टिपर्पस फाइनान्सको लाभांश घोषणा



बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको २८  मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk बुटवल पावर र मल्टिपर्पस फाइनान्सको लाभांश घोषणा

त्यस्तै मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफा र सेयर प्रिमियमबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको २८ मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्तगर्न सक्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस