×
Lagani
Lagani Shiksha gif
सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस



सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका  शिक्षक भर्ना गर्न लागिएको हो । १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ । आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको छ ।

Lagani Shiksha gif
sharehubapk सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस

लिखित परीक्षा (सामान्य) २०७८/१२/ १५ गते बिहान ११:०० बजे सञ्चालन हुने हुने छ।  लिखित परीक्षा (विषयगत) को मिति सामान्य परीक्षाको नतिजा प्रकाशन हुँदा तोकिनेछ । अन्तर्वार्ता हुने मिति, समय र स्थानः लिखित परीक्षा (विषयगत ) को नतिजा प्रकाशन हुँदा तोकिनेछ ।

परीक्षा केन्द्र  प्रदेश नं. १ को मोरड, प्रदेश नं. २ को धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा हुनेछ ।

विज्ञापन भएको पदमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त दिनुपर्नेछ । आयोगको आधिकारिक वेबसाइट  https://online.tsc.gov.np/ मा Apply  गरी अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त पेस गर्न सकिनेछ र दरखास्त पेस गर्ने विधि सम्बन्धी विस्तृत जानकारी आयोगको साइतमा हेर्न सकिनेछ ।

११. उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता :-
(क) नेपाली नागरिक ।
(ख) शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम १० बमोजिम अयोग्य नभएको ।
(ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको । तर विज्ञान, गणित, अङ्ग्रेजी, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञान विषयको हकमा तालिम नलिए पनि यस विज्ञापन बमोजिम शिक्षक पदको लागि उम्मेदवार हुन सक्नेछन्‌ ।

(घ) सामाजिक अध्ययन विषय अन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान, मानवशास्त्र, समाजशास्त्र, जनसङ्ख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरू पर्दछन्‌ ।
ङ) माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको ।
(च) अध्यापन अनुमति पत्र सम्बन्धमा थप व्यवस्थाः-

  • प्रकरण (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरी विषय नखुलेका स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्ति समेत सम्बन्धित विषयमा उम्मेदवार हुन सक्नेछन्‌ ।
  • विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्ति सम्बन्धित विषयमा मात्र उम्मेदवार हुन सक्नेछन्‌ ।
  • सम्बन्धित विषयमा प्रकरण (ग) बमोजिम योग्यता हासिल गरी सामाजिक विषयको अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरु यस विज्ञापन बमोजिम अर्थशास्त्र र स्वास्थ्य विषयको परीक्षामा उम्मेदवार हुन सक्नेछन्‌ ।
  • संस्कृत विषयहरु (भाषा, शुक्लयजुर्वद, व्याकरण, न्याय र साहित्य) को हकमा नेपाली विषयमा स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेका व्यक्ति समेत उम्मेदवार हुन सक्नेछन्‌ ।

(छ) स्थायी शिक्षक पदमा कार्यरत उम्मेदवारलाई उमेरको हद लाग्ने छैन ।
(ज) समान तहको शिक्षक पदमा उम्मेदवार हुन पाइने छैन ।

getfiles page 001 scaled सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस

getfiles page 002 scaled सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस

getfiles page 003 scaled सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस

getfiles page 004 scaled सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस

getfiles page 005 scaled सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस

getfiles page 006 scaled सरकारले माग्यो १५४७ मावि शिक्षक, न्यूनतम योग्यता कति र कसरि आवेदन दिने ? जान्नुहोस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस