×
Lagani
Lagani Shiksha gif
एभरेष्ट कलरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त



काठमाडौं, ०५ असार ।

आईपीओ बाँडफाँड सम्पन्न भएसँगै एभरेष्ट कलर लिमिटेडले सेयरसम्बन्धी अभिलेख व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारको जिम्मेवारी दिएको छ।

Lagani Shiksha gif
sharehubapk एभरेष्ट कलरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

एभरेष्ट कलर लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार मुक्तिनाथ क्यापिटललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

सेयर रजिष्ट्रारको रूपमा नियुक्त भएपछि कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन, सेयर दाखिला–खारेज, नामसारी, रोक्का राख्ने, सेयरधनीको विवरण अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले सञ्चालन गर्नेछ।

कम्पनीका अनुसार सेयरधनीसँग सम्बन्धित प्रशासनिक तथा अभिलेखीकरणका सबै सेवा अब मुक्तिनाथ क्यापिटलमार्फत उपलब्ध गराइनेछ। यसले सेयरधनीको विवरण व्यवस्थापन र धितोपत्र कारोबारसम्बन्धी प्रक्रिया थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

यसअघि एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ४ गते बाँडफाँड गरिसकेको छ। आईपीओ बाँडफाँडपछि कम्पनीले सेयरधनी व्यवस्थापनलाई प्रभावकारी बनाउन सेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस