×
Lagani
Lagani Shiksha gif
ऊर्जा क्षेत्रमा १ खर्ब १४ अर्ब बजेट, १०४० मेगावाट विद्युत् थपिने



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई १ खर्ब १४ अर्ब २ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । जसमध्ये ऊर्जातर्फ ७० अर्ब १२ करोड ४६ लाख र जलस्रोत तथा सिँचाइतर्फ ४३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ छुट्याइएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी वर्ष ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य ऊर्जा गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिनेछ। यससँगै देशको कुल जडित क्षमता ५ हजार ५३५ मेगावाट पुग्नेछ ।

Lagani Shiksha gif
sharehubapk ऊर्जा क्षेत्रमा १ खर्ब १४ अर्ब बजेट, १०४० मेगावाट विद्युत् थपिने

सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने लक्ष्य लिएको पनि उनले बताए। साथै, १२ वटा रणनीतिक प्रसारण लाइन निर्माण सम्पन्न गर्ने, ऊर्जा व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने र ठूला जलाशययुक्त आयोजनालाई प्राथमिकता दिने नीति लिइएको जानकारी दिए ।

सिँचाइतर्फ आगामी वर्ष थप १५ हजार ७७६ हेक्टर क्षेत्रमा सुविधा विस्तार गरी कुल सिञ्चित क्षेत्र ६४ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । साथै, थप ७० किलोमिटर तटबन्ध निर्माण गरी नदी नियन्त्रण र कृषि उत्पादन वृद्धि गर्ने योजना पनि सरकारले अघि सारेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस