×
Lagani
Lagani Shiksha gif
आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई वार्षिक बजेटमा सीमित नराखी वर्षभरि नै नीतिगत निर्णयमार्फत कार्यान्वयन गर्ने सरकारको रणनीति रहेको बताएका छन् ।

आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था नरहेको बताउदै मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट नीतिगत निर्णयमार्फत निरन्तर सुधारका काम अघि बढाउन सकिने बताए ।

Lagani Shiksha gif
sharehubapk आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले

उनले भनेका छन्- 'निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्दैन भन्ने हाम्रो स्पष्ट विश्वास हो । कसैको दबाब वा मागका आधारमा होइन, खुला रूपमा व्यवसाय गरौँ, कर तिरौँ र गर्विलो नागरिक बनौँ भन्ने उद्देश्यका साथ हामीले कर तथा नीतिगत सुधार अघि सारेका हौँ । केहि सुधार गर्नुपर्ने भएमा अर्को बजेट कुर्नु पर्दैन । मन्त्रिपरिषदबाट र मन्त्रीस्तरबाट पनि गर्न सकिन्छ ।'

उनले वर्तमान सरकारले बजेट तयारीका लागि पर्याप्त समय नपाए पनि उद्यमी तथा व्यवसायीमैत्री नीति ल्याउन प्रयास गरेको दाबी गरेका छन् ।

विगतमा निजी क्षेत्रप्रति सार्वजनिक रूपमा नकारात्मक धारणा व्यक्त गर्ने तर व्यवहारमा उनीहरूमै निर्भर रहने दोहोरो प्रवृत्ति अन्त्य गर्ने प्रयास गरिएको उनको भनाइ थियो । उनले भने- 'हामीले दोहोरो चरित्र त्यागेका छौँ । निजी क्षेत्रलाई गाली गर्ने तर उनीहरूकै सहयोगमा राजनीति चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । जे हो, त्यही स्पष्ट रूपमा भन्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढेका छौँ ।'

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस