×
Lagani
Lagani Shiksha gif
स्नो रिभर्सको आईपीओ बाँडफाँड मिति सार्वजनिक



स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड मिति सार्वजनिक भएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ बाँडफाँड मंगलबार अर्थात् जेठ १२ गते गर्ने तयारी गरिएको छ। कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओमा मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट हुने देखिएको छ।

बाँडफाँडपछि करिब ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ। बाँडफाँड सम्पन्न भएपछि नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरो सेयर तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस