×
नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं, फागुन ११ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस