×
सर्बसाधारणकोलागि आईपीओ निष्कासन गर्दै यती एयरलाइन्स।



स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा यती एयरलाइन्सले आइपीओ निष्कासन गर्ने घोषणा गरेको छ ।

नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले एयरलाइनसको २५औं वर्षको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले यस्तो जानकारी दिएका हुन्।

त्यस्तै उनले आन्तरिक उड्डयन उद्योगमा यतीले २५ वर्ष पूरा गर्नु सराहनीय रहेको उनले बताए। सन् १९९८ सेप्टेम्बर २१ मा स्थापना भएर दुई वटा ट्विनअटर जहाजमार्फत कम्पनीले सेवा सुरु गरेको थियो। यतीले पहिलो उडान काठमाडौंबाट लुक्लाका लागि गरेको थियो।

गत वर्ष माघ १ को दुर्घटनापछि  यात्रु नै पाउन मुस्किल हुने स्थितिमा पुगेको एयरलाइन्स हाल भने सहज स्थितिमा आएको एकाउन्टेबल म्यानेजर अनोज रिमालले जानकारी दिए।  हाल कम्पनीले तारा एयरका तीनवटा ट्वीनअटर र यतीका चारवटा एटीआर-७२ जहाजमार्फत उडान गर्दै आएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस