×
Lagani
Lagani Shiksha gif


बिरामीको उपचार गरिरहेका अहेबमाथी दुर्व्यवहार भएको छ।

बेलौरी नगरपालिका-४ कञ्‍चनपुर स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार राति करिब साढे ११ अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो। बेलौरी-२ का रामबहादुर खड्काले उनीमाथि दुर्व्यवहार गरेका हुन्। उक्त भिडियो सामाजिक संजालमा सार्बजनिक भएसँगै चर्चामा छ।

Lagani Shiksha gif
sharehubapk बिरामीलाई टाँका लगाइरहेका अहेबको घाँटी न्याकियो।

भिडिओमा अहेब नरेन्द्र गैरेले बेडमा पल्टिरहेको बिरामीलाई उपचार गरिरहेको देख्न सकिन्छ सोहि बेला रामबहादुरसहित केही युवाहरू आएर उनलाई धम्क्याएको र एकछिन पछि घाँटी न्याँकेको देखिन्छ।

नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्।  उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेकोले उपचारको लागि उनलाई केन्द्रमा पुर्‍याइएको थियो। राति बिरामीको टाउकोमा टाँका लगाउन लागिरहेकोबेला अराजकतापूर्वक आएर अध्यक्ष र इन्चार्जलाई खोजेको र उनीहरुको नम्बर मागेपछि अहेबले एकछिन बाहिर बस्नुस् भनेपछि मलाई नम्बर नदिने, को होस् तँ बाहिर जा भनेर घाँटी न्याकिदिएको उनले बताए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस