×
Lagani
Lagani Shiksha gif
लगानीकर्ताले पढ्न पर्ने पुस्तक : तपाईलाई दिने छ सेयर बजारबारे भरपुर ज्ञान।



शेयर बजारमा रहेका नयाँ लगानीकर्ताले शेयर बजारको सहि ज्ञान नभएर आफु संग भएको पैसा गुमाउने गर्छन।

नयाँ लगानीकर्ताले छोटो समयमा धेरै नाफा कमाउन खोज्दा आफ्नो पुजी गुमाउने गरेको देखिन्छ। उनीहरु शेयर बजारको बारेमा जान्न चाहन्छन तर कसरि लगानी गर्ने भन्ने ज्ञान उनीहरुमा हुदैन जसकारण उनीहरु निरास हुने गर्छन। त्यसैले आज हामीले हाम्रो रोजाइमा रहेका शेयर बजारमा कसरि लगानी गर्ने भनेर सिक्नको लागि अति उपयोगी र ज्ञानबर्द्धक ३ पुस्तकको सुची लिएर आएका छौ जुन तपाइले सजिलै घरै बसेर अर्डर गर्न सक्नु हुने छ।

Lagani Shiksha gif
sharehubapk लगानीकर्ताले पढ्न पर्ने पुस्तक : तपाईलाई दिने छ सेयर बजारबारे भरपुर ज्ञान।

सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण

सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा रचित पुस्तक हो । भट्टराईद्धारा लिखित किताबको यो संस्करणमा प्राविधिक विश्लेषण गर्ने तरिकालाई अझ सरल र सजिलो ढंगबाट प्रस्तुत गरिएको छ । रेखाचित्रको माध्यमबाट सेयर बजारको घटबढको विश्लेषण गर्ने सरल तरिकाहरु यो किताबमा सिकाइएको छ ।

जसबाट बजारको बढ्दो ट्रेन्ड, घट्दो ट्रेन्ड, टेवा, अवरोधको विश्लेषण, मैनबत्ती चार्ट, आरएसआई आदिको विश्लेषण सरल तरिकाबाट गर्न सकिन्छ । एसआरसिएसले, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर बजारका जिज्ञासाहरु, बैंकिंग जिज्ञासाहरु, बिमा जिज्ञासाहरु, कमोडिटिज जिज्ञासाहरु, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता किताब प्रकाशन गरिसकेको छ ।

धनी बुवा गरिब बुवा 

बेस्ट सेलिङ पुस्तक धनी बुवा गरिब बुवामा लेखक रोबर्टले २ जना बुवाको बारेमा चर्चा गरेका छन । पहिलो बुवा जस्ले लेखकलाई जन्म दिए अनि अर्को बुवा जस्ले उनलाई पैसाको बारेमा अनमोल ज्ञान बांडे । आफुलाई जन्मदिने बुवालाई उनले गरिब बुवाको रुपमा चित्रण गरेका छन । जोसँग प्रतिष्ठित कलेजको डिग्री छ । प्रतिष्ठित जागिर छ । उनी आफू कार्यरत सेवाको माथिल्लो पोष्टमा कार्यरत कर्मचारी हुन । तर पनि उनी पैसाको समस्यासँग जुधिरहेका छन । उनी आफुलाई मन लागेको बेला दिल खोलेर खर्च गर्ने ल्याकत राख्दैनन ।

उक्त पुस्तक केहि चर्चित सब्दहरु यस प्रकार छन् ” धनीहरु सम्पती किन्दछन तर मध्यमवर्गीय मानिसहरु सम्पती ठानेर दायित्व किनिराखेका हुन्छन । धनीहरु आफ्नो विलासिताको सामानहरु सबभन्दा पछि किन्दछन तर मध्यमवर्गीय परिवार ऋण लिएर भए पनि विलासिताका वस्तुहरु सबैभन्दा पहिले किन्दछन किनभने उनीहरु समाजमा आफुलाई धनी देखाउन चाहन्छन । परिणामत: उनीहरु ऋणको दलदलमा कहिल्यै नउम्किने गरी फस्न पुग्छन ।

हाम्रो शिक्षा प्रणालीले अझै पनि नोकर ( जागिरे) उत्पादन गर्नमै जोड दिएको छ । अहिलेको समयमा मेहनत गर । हाड घोटेर पढ । धेरै नम्बर ल्याउ । राम्रो जागिर खाउ । जस्ता अवधारणाहरु आउटडेटेड भैसकेका छन । हामी भने यही कुरा बारबार रट लगाइरहेका छौं । केबल मेहेनतले मात्र मानिस सफल हुदैन । त्यही मान्छे सफल हुन्छ जस्ले स्मार्ट तरिकाहरु सिकेको हुन्छ ।”

सेयर मन्त्रः

सेयर बजारमा भएका भ्रम चिर्न, लगानीप्रति सर्वसाधारणलाई प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्न तथा पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्नेछ ।

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्र्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ ।

यी ३ पुस्तक खरिद गर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस