×
Lagani
Lagani Shiksha gif
राष्ट्र बैंकको निर्देशन पछि शेयर बजारमा पहिरो , ४० भन्दा बढी लघुवित्तको शेयरमा नकारात्मक सर्किट ।



आज सेयर बजारमा भारि गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले लघुवित्तलाई दिएको निर्देशनका कारण आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ३७ लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेका छन् भने ३ कम्पनीको ९ दशमलभ ९ प्रतिसत बढीले घटेका छन्। सोहि कारणले गर्दा नेप्से परिसूचक ५७ दशमलव ७४ अंकले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।

Lagani Shiksha gif
sharehubapk राष्ट्र बैंकको निर्देशन पछि शेयर बजारमा पहिरो , ४० भन्दा बढी लघुवित्तको शेयरमा नकारात्मक सर्किट ।

लघुवित्त समूहको परिसूचक ९ दशमलव ५४ प्रतिशतले घटेको छ। त्यस्तै होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। नेपाल राष्ट्र बैंकले बुधवार लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशिका, २०७८ लाई संशोधन गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा प्रस्तावित् लाभांश को ५० प्रतिशत जगेडामा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

आज २६० कम्पनीको ४८ हजार १०५ पटकको कारोबारमा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कुल बजार पूँजीकरण भने यो दिन रू. २९ खर्ब १४ अर्ब ९८ करोड ९ लाखमा झरेको छ । नेपाल हाइड्रो डेभलोपर र सामलिङ्ग पावरको शेयर मूल्य भने ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस