×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो दोल्ती पावरको आईपीओ , कति दिने आवेदन ?



दोल्ती पावर कम्पनी लिमिटेडले आज देखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.सका स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर सुरक्षित गरिएको छ।

Lagani Shiksha gif
sharehubapk आजदेखि खुल्यो दोल्ती पावरको आईपीओ , कति दिने आवेदन ?

साथै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन ।

आईपीओ विक्री बन्द फागुन २५ गते हुनेछ भने स्थानीय बासिन्दाहरुबाट माग अनुसार आवेदन नआएमा चैत ७ गतेसम्मका लागि लम्बाइने छ । तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।

स्थानीयले आयोजना स्थल, ग्लोबल आइएमई बैंक , एनआईसी एशिया बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले  मेरो शेयर अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस