×
Lagani
Lagani Shiksha gif
कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा , यस्तो छ कारण।



कलाकार पवन खतिवडालाई मोरङमा प्रहरीले नियन्त्रणमा लिएको छ।

कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको हो । उनी झगडा भएको स्थानमा भएको हुदा सोधपुछको लागि प्रहरीले उनलाई लागेको हो। अहिले उनि प्रहरीको नियन्त्रण बाहिर छन्।

Lagani Shiksha gif
sharehubapk कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा , यस्तो छ कारण।

यसबारे कलाकार खतिवडाले स्पस्टिकरण पनि दिएका छन्। त्यहाको स्थानीय मिडियाले नबुझी समाचार लेखेको उनले गुनासो गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन् ”  मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे?? कस्ले दियो प्रमाण?? म घटना भाको स्थान मा भएको कारण प्रहरिले अनुसन्धान गर्न लगेको हो।। उनिहरु साथी साथी झगडा गरेका हुन।। के हो पत्रकारिता ?? रबिदाइ ले यसै भनेको हैन नि मान्छेको जीवन सङ्ग खेलवाड गर्ने?? यहाका Inspecter खगेन्द्र धमला लाई सोधे हुन्छ नसोधी जे मन लाग्छ त्यही लेखिदिने?? यो समाचारको आधार के हो??

मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि कसैमाथी हमला गरेको छैन।। झगडा बाट टाढै भाग्ने मान्छे लाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने??
टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका??

स्वयम पिडित जीवन कार्किलाइ सोध्नुस बेलबारी प्रहरिलाइ सोध्नुस के हो वास्तविकता।। betana daily भन्ने page त यहि को स्थानिय हैन नबुझी अर्कालाइ बदनाम गर्ने??अनि Onlinekhabar, setopati जस्ता चलेका page को के पारा हो यो?? अरुले जे लेख्यो Copy paste?? कस्ले दियो समाचार मैले टाउको फुटाए भनेर?? “

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस