×
Lagani
Lagani Shiksha gif
सुनको मूल्य लगातार उकालो लाग्दै, कतिमा हुँदैछ कारोबार?

Jewelry market. Gold. Grain added



नेपाली बजारमा बिहीबार सुनकाे मूल्यले फेरि नयाँ रेकर्ड राखेकाे छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

Lagani Shiksha gif
sharehubapk सुनको मूल्य लगातार उकालो लाग्दै, कतिमा हुँदैछ कारोबार?

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस