×
Lagani
Lagani Shiksha gif
धितोपत्र बोर्डमा आर्थिक चलखेलका चाङ , आइपीओ अनुमतिमा अध्यक्ष हमाल माग्छन् करोडौं !



नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक विल्डिङमार्फत सेयर निष्काशन अनुमति दिनको लागि करोडौ माग गरेको खुलेको छ।

स्रोतका अनुसार चुनावअघि एउटा कम्पनीको बुक विल्डिङमार्फत सेयर निष्काशन अनुमति माग्दा सेयर निष्कासन अनुमतिका लागि डेढ करोड रुपैयाँ दिनुपर्ने सर्त अगाडि सारिएको बताइएको छ। उक्त रकम मागीएपछि कम्पनीले आइपीओ माग गर्दै गएका अरु कम्पनीसँग पनि परामर्श गर्दा अनुमै लिनको लागि रकम बुझाउन नपर्ने बताएपछि कम्पनीमार्फत रकम दिँदा विवादमा परिने भएकाले संचालकको नजिकको व्यक्तिमार्फत पहिलो किस्ता रकम दिएर  ‘निश्चित सम्झौतापत्र’ भएको थियो।

Lagani Shiksha gif
sharehubapk धितोपत्र बोर्डमा आर्थिक चलखेलका चाङ , आइपीओ अनुमतिमा अध्यक्ष हमाल माग्छन् करोडौं !

स्रोतका अनुसार पहिलो किस्ता हमाल नजिकका व्यक्तिको खातामा बुझाएपछि दोस्रो किस्ता वापतको रकम पनि हालियो तर १ करोडको साटो १५ करोड रुपैया दिनुपर्ने सर्त अगाडी सारिएको थियो । बढी रकम मागे पछि कम्पनिले नयाँसरकार आएपछि ‘डिल’ गर्ने भनेर आफूले दिएको पैसा फिर्ता माग्यो। उक्त  रकम अर्थमन्त्री सम्म पुग्नु पर्ने तर्क आएको थियो तर अनुमै दिने काम बोर्डको मात्र भएको कारण अर्थमन्त्रालयसंग कुनै सरोकार हुदैन।

त्यस्तै अर्को एउटा बैंकको ऋणपत्र निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिदा हमालकै बिचौलियाले अनुमतिका लागि एक करोड रुपैयाँ मागेका थिए तर  बैंकले त्यति ठूलो रकम दिन नसक्ने बताएपछि बिचौलियाले ४० लाख रुपैयाँ भएपनि हुने भन्दै अर्को टेक्स्ट म्यासेज पठाएका थिए। ‘ढुंगानाका पालामा एक/डेढ लाखबाट सुरु भएको थियो। अहिले करोडौंमा बार्गेनिङ हुन थालेको छ।’ एक कम्पनीका संचालकले भने।

बोर्डबाट कुनै पनि काम गर्न पैसा माग्न थालेपछि पीडितहरुले अर्थमंत्री समक्ष गुनासो पोखेका छन्। पर्दा व्यापारी रजत अग्रवाल र हमालकै कम्पनीको एकाउन्टेन्ट नवीन थामीले आवेदन दिने कम्पनीसँग बिचौलियाको काम गर्दै पैसा उठाइरहेको स्रोतले बतायो।

हमालले सुरुवातमा कर्मचारीको तलब वृद्धि गरेर मनोबल बलियो बनाउने प्रयास पनि गरे , सी आश्वा शुल्क घटाए , सेयर कारोबार रोक्का हुने समय पनि कम गरेर सुधारको काम गर्न लागेको अनुभुति गराएपनि अहिले भने नकारात्मक काममा लागेको खुलेको छ। बिजमाण्डूको समाचारमा आधारित 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस