×
Lagani
Lagani Shiksha gif
चितवन–२ मा कहिले हुन्छ उपचुनाव ?



सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि चितवनको क्षेत्र नम्बर २ मा उपचुनाव हुने भएको छ ।

रवि लामिछाने निर्वाचित भएको चितवन–२ मा अदालतको फैसलापछि सांसद पद रिक्त रहेको छ । अब निर्वाचन आयोगले उपचुनाव गराउनेछ । चितवन–२ मा चुनाव कहिले हुन्छ भन्ने चौतर्फी चासो बढेको छ । निर्वाचन आयोगले भने उपचुनावको बारेमा कुनै प्रक्रिया थालेको छैन । किनकि आयोगलाई चितवन–२ मा सांसद पद रिक्त रहेको लिखित जानकारी प्राप्त भएको छैन ।

Lagani Shiksha gif
sharehubapk चितवन–२ मा कहिले हुन्छ उपचुनाव ?

‘सङ्घीय संसद् सचिवालयबाट पद रिक्त रहेको पत्र प्राप्त हुनुपर्छ, त्यसपछि मात्रै हामीले आवश्यक प्रक्रिया अघि बढाउने हो । तर अहिलेसम्म सचिवालयबाट हामीलाई सांसद पद रिक्त भएको सूचना प्राप्त भइसकेको छैन’, निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

उहाँले अहिले मतदाता नामावलीमा नाम दर्ताको काम भइरहेको र उपचुनाव हुने भएमा निश्चित समय दिएर मतदाता नामावलीका सबै काम गर्नुपर्ने बताउनुभयो । ‘पद खाली भएको यति समयभित्र चुनाव गराउनुपर्छ भन्ने उल्लेख छैन तर हामीलाई संसद् सचिवालयबाट पत्र प्राप्त भएपछि प्रक्रिया थालिहाल्छौँ’, अर्यालले भन्नुभयो ।

संसद् सचिवालयले निर्वाचन आयोगलाई कहिले पठाउँछ त पत्र ? संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला भन्नुहुन्छ, ‘सर्वोच्च अदालतले गरेको फैसला लिखितरूपमा हामीलाई प्राप्त हुनुपर्छ, तबमात्रै हामीले निर्वाचन आयोगलाई पत्र पठाउँछौँ ।’

अहिले रवि लामिछानेको सांसद पद खारेज भएको विषय सचिवालयले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको र सर्वोच्चबाट लिखित जानकारी र फैसलाको पूर्ण पाठ प्राप्त भएपछि आयोगलाई पत्र पठाउने धमलाले बताउनुभयो ।

यसैबीच रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट आज आइतवार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस