GMFIL 394 -5 AKJCL 207 -3 TSHL 502 -12 API 172.5 -4.1 SJLIC 414 -2 BBC 3728.9 -13.1 AVYAN 844 -20 MHCL 389.5 0.5 BGWT 625 -6 ACLBSL 866 -8.1 HRL 563.5 -6.6 KLBSL 943 23 LEC 183.1 -2.9 NICAD8182 1020 10 SFCL 345 0 CMF1 8.83 -0.11 DOLTI 413 -12 RAWA 488 10 SIGS2 7.96 0.02 SMHL 430.8 -11.4 NIL 795.2 -4.7 MLBBL 1290 -9.9 JBBD87 1004 -15 ILBS 1345 -20 AHPC 165 -0.9 RADHI 235.1 -0.9 NICSF 8.8 0 HURJA 286 -4 CORBL 466.1 -8.9 CYCL 1519 -59 NRIC 683 -11 PRVU 140 -1.5 SBLD89 1092.4 2.4 HIDCLP 99 -1.1 AKPL 167 -4 MKHC 309 -6.9 NBL 203.5 -0.5 CMF2 8.14 0.07 SWBBL 810 4 NIFRAUR85/86 871.1 -5.9
×
आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना



आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह हल चाँडै बन्द गर्ने घोषणा गरेको छ ।

अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजनाअन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो । ऊर्जा बचत र आयातित तेलमा निर्भरता घटाउन राष्ट्रिय ऊर्जा संरक्षण योजना स्वीकृत गरेको जानकारी दिँदै रक्षामन्त्री ख्वाजा आसिफले बजारहरू बेलुका ८ः३० बजे र विवाह हलहरू १० बजेभित्र बन्द हुने बताए ।

थप उपायहरु घोषणा गर्दै तीब्र उज्यालो दिने बल्बहरुको निर्माण फेब्रुवरी १ देखि बन्द हुने र असक्षम फ्यानहरुको उत्पादन जुलाईदेखि बन्द हुने उनले बताए ।
सरकारले एक वर्षभित्र कोनिकल गिजरको प्रयोगलाई पनि अनिवार्य गर्ने भएको छ, जसले अर्बौ रुपैया  जोगाउने र सडक वत्तिको वैकल्पिक प्रयोग गर्नेछ ।
योजना अन्तर्गत सबै सरकारी भवन र कार्यलयले उर्जाको प्रयोग घटाउने र घरबाट काम गर्ने याजना १० दिनभित्र पूरा गरिने जनाइएको छ ।

पाकिस्तानबासीले बारम्बार विद्युत् कटौतीको समेत सामना गरेका छन् । राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको थियो ।
राष्ट्रिय ग्रिडमा प्राविधिक समस्या देखिएपछि विद्युत् कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको थियो । विद्युत् प्रवाह अबरुद्ध हुँदा कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस