×
Lagani
Lagani Shiksha gif
विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर



सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ ।

महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ ।  खानेपानीको बोतलमा रहेको स्प्रीट पिउँदा छात्राको मृत्यु भएको हो ।

Lagani Shiksha gif
sharehubapk विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर

मिर्चैयास्थित सगरमाथा हायर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराको १६ वर्षीया छोरी सृजना कुमारी महराको मृत्यु भएको हो । पेट दुखेपछि औषधि  सेवन गर्नेक्रममा स्प्रिट खाएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिनावारीका कारण पेट दुखेपछि सृजनाले शुक्रबार स्कूलकै एक शिक्षिकाले दिएको औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट र्पिएकी हुन् । तर, पानी भनेर स्प्रिट पिएकी उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी केही भएको छैन भन्दै घर पु¥याइदिएको पीडित परिवारको आरोप छ ।

‘सृजनाले पानीको सट्ट थोरै स्प्रिट खाएकोले नसा लागेको छ, केहीबेर सुतेपछि ठिक भइहाल्छ’ भन्दै सृजनालाई घरमा छाडिदिएर  प्रिन्सिपल तिवारी फर्किएको लेसृजनाका बुबा धर्मेन्द्र महराले बताए। उनले भने, ‘तिवारी सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले पनि विश्वास गर्‍यौँ । विस्तारै अवस्था असहज बन्दै गएपछि अस्पताल पु¥यायौँ । तर, अस्पताल लैजाँदा ढिलो भइसकेको रहेछ । शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्‍यो ।’

मृतकको परिवारले संस्थापकसहित चार जनाविरुद्ध किटानी उजुरी दिएपछि  प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । सागरमाथा हायर सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी र सोही विद्यालयमा कार्यरत शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता आक्रोशित विद्यार्थीले बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम गरिरहेको छन् । जाम खुलाउने क्रममा भएको झडपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिबहादुर ओलीसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी असई सुरेन्द्र यादवको थप उपचारको लागि काठमाडौं लागिएको र बाँकी समान्य घाइते भएकाले उनीहरुको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेकोे डीएसपी ओलीले जानकारी दिए।

प्रहरीले आन्दोलनमा विद्यार्थीभन्दा अन्यको घुसपैठ भएको आरोप लगाएको छ। उनीहरुले आन्दोलनलाई उत्तेजित बनाउने काम गरिरहेको र पेट्रोल बमसहित ढुङ्गामुडा गरेको प्रहरीको भनाइ छ।

सडक जाम खुलाउन प्रहरीले दर्जनाैँ राउण्ड हवाइ फायर र आशुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस