भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकले विद्यार्थीमाथि यौन दुर्ब्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।
कलेजमा कम्प्युटर प्रशिक्षक रामकृष्ण सुवेदीले छात्राहरुमाथि यौनदुर्व्यवहारको गरेको भन्दै विद्यार्थीहरु यसरी दिनभर आन्दोलनमा उत्रिएका हुन् ।
सोही कलेजको कक्षा ११ मा पढ्ने एक विद्यार्थीले शिक्षक सुवेदीले कम्प्युटर ल्याबमा सिकाइको क्रममा संवेदनशील अंगमा छोएको भन्दै उजुरी दिएकी थिइन् । ‘हामीलाई ल्याबमा पढ्ने बेला नराम्रोसँग छुन खोज्नुहुन्थ्यो । हामीले पढेको कुरा नजानेर सोध्दा कस्तो राम्रो हात भन्दै मुसार्न खोज्नुहुन्थयो । तर हामीले प्रतिकार गरिरह्यौँ । शुक्रबार मेरै साथीलाई नराम्रोसँग प्राइभेट पार्टमा छोएपछि उस्ले कलेजमा उजुरी गरेकी थिइ ।’ एक विद्यार्थीले भनिन।
हामीलाई ल्याबमा पढ्ने बेला नराम्रोसँग छुन खोज्नुहुन्थ्यो । हामीले पढेको कुरा नजानेर सोध्दा कस्तो राम्रो हात भन्दै मुसार्न खोज्नुहुन्थयो । तर हामीले प्रतिकार गरिरह्यौँ । शुक्रबार मेरै साथीलाई नराम्रोसँग प्राइभेट पार्टमा छोएपछि उस्ले कलेजमा उजुरी गरेकी थिइ ।
आन्दोलनको क्रममा प्रहरीले दमन गरेको भन्दै विद्यार्थीहरुले कलेजमा तोड्फोड गरेका छन् । उनीहरुले कलेजको झ्याल , बसलगायतका शिशा तोडफोड गर्नुका साथै पीडक भनिएका शिक्षकको तस्बिर समेत जलाएका छन् ।
कलेज प्रसासनले विज्ञप्ति जारि गर्दौ घटना बारे जानकारी पाएर अनुसन्धानको लागि ढिला गरेकोमा माफी माग्दै शिक्षकलाई निलम्बन गरेको जनाएको छ। साथै कलेजमा तोडफोड नगर्न पनि अनुरोध गरेको छ।
‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेका छौं। पीडितको उजुरी आउने क्रममा छ ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले भने ।

















