×
Lagani
Lagani Shiksha gif
कालिञ्‍चोक केवलकारको आईपीओ निष्कासन मिति सार्बजनिक , विदेशमा रहेकालाई छुट्टै कोटा।



कालिञ्चोक दर्शनले १४ मंसिरदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो । यो वैदेशिक रोजगारीमा रहेका नेपालीले साधारण सेयर खरिदका लागि आवेदन दिन पाउने पहिलो कम्पनी हुने छ । याे कम्पनीले कालिञ्‍चाेकमा केवलकार सञ्‍चालन गर्दै आएकाे छ ।

Lagani Shiksha gif
sharehubapk कालिञ्‍चोक केवलकारको आईपीओ निष्कासन मिति सार्बजनिक , विदेशमा रहेकालाई छुट्टै कोटा।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहका नेपालीका लागि निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले २८ मंसिरभित्र कम्पनीको आईपीओका लागि आवेदन दिन पाउने छन् । पूर्ण आवेदन नपरेमा स्थानीय बासिन्दाहरूका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले आह्वानपत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इन्द्र पौडेल
Guest
इन्द्र पौडेल
November 25, 2022 3:51 pm

बिदेश बाट कसरि आबेदन दिने ? त्यो पनि जानकारी दिनुपर्ने सर ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस