नेपाल टेलिकम लिमिटेडले पहिलो पटक बोनस शेयर वितरण गर्ने भएको छ।
चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिशेयर २० रुपैयाँ का दरले नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न नेपाल टेलिकम लिमिटेडले चैत २४ गते १४औं साधारण सभा बोाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।
उक्त सभामा आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीको नियम १६ संशोधन गर्ने प्रस्ताव पनि पारित गरिने छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको हुदा चैत १० गतेसम्म कायम कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted














