×
Lagani
Lagani Shiksha gif
फागुन १ गतेदेखि एचआईडिसीएलको सेयर लिलामी खुल्दै , कम्तीमा १०० कित्ता पर्ने।



हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, (एचआईडिसीएल) ले अवितरित  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर फागुन १ गतेदेखि विक्री गर्ने भएको छ ।

यो शेयर खरीदका लागि फागुन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Lagani Shiksha gif
sharehubapk फागुन १ गतेदेखि एचआईडिसीएलको सेयर लिलामी खुल्दै , कम्तीमा १०० कित्ता पर्ने।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ र धनगढीबाट आवेदन दिन सकिने छ ।

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अथाृत एक बराबर एक (१ः१) अनुपातमा कुल ११ करोड कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद निष्कासन गरेकोमध्ये राष्ट्रिय बीमा संस्थान, कर्मचारी सञ्चय कोष, र नागरिक लगानी कोष लगायतले खरीद नगरेपछि ३ करोड ३० लाख कित्ता सेयर अवितरित भएको थियो ।

कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूहअन्तर्गतको बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामी बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गर्ने निर्णय गरेको थियो  ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापक तर्फको लिलामी शेयरमा न्यूनतम एक करोड कित्ताको क्याप लगाएको कारण वितरण हुन नसकेको उक्त शेयर विक्रीका लागि नियमावली संशोधन गरी विक्री गर्न लागेको हो ।

page3 फागुन १ गतेदेखि एचआईडिसीएलको सेयर लिलामी खुल्दै , कम्तीमा १०० कित्ता पर्ने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस