हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने छ ।
१ देखि १५ फागुनसम्मको समयसीमा राखेर एचआईडिसिएलले लिलामीमा ल्याएको तीन करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रक्रिया १३ फागुन स्थगित भएको थियो । संस्थापक समूहको सेयर भए तापनि दोस्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो । सोही आशयका समाचार सञ्चारमाध्यममा आएका थिए ।
संस्थापक समूहको सेयर कसरी साधारणसरह कारोबार हुन्छ भन्दै धितोपत्र बोर्डले ‘अहिले लिलामीमा ल्याएको सेयर कुन प्रकृतिको हो र यसको कारोबार दोस्रो बजारमा कसरी हुन्छ भन्ने कुरालाई स्पष्ट पारेर मात्रै लिलामी प्रक्रिया अघि बढाउनु, त्यतिन्जेलसम्मलाई स्थगित गर्नु’ भनेर एचआईडिसिएललाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मका लागि भन्दै लिलामी प्रक्रिया स्थगित गरेको थियो ।
कम्पनीको २२ वैशाख बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूहअन्तर्गत बिक्री नभएको तीन करोड ३० लाख कित्ता सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।
लगानीकर्ताले ५ देखि १९ असारसम्म कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडौँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौँडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगञ्ज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।
सेयरको लिलामीको लागि कसरी आवेदन दिने?
धेरै लगानीकर्ताहरूलाई लिलामी शेयरहरू कसरी भर्ने भनेर थाहा नहुन सक्छ। लिलामीमा शेयर आवेदन गर्नु IPO/FPO र हकप्रद शेयरमा आवेदन दिनु भन्दा फरक छ। नेपालमा लिलामी शेयरहरूको लागि आवेदन दिन, तपाईंले निम्न चरणहरू पालना गर्न आवश्यक छ:
चरण १ : कम्पनी द्वारा प्रकाशित लिलामी सूचना ध्यानपूर्वक पढ्नुहोस्। उपलब्ध जानकारीको बारेमा पूर्ण रूपमा सचेत रहनुहोस्। तलको उदाहरणमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस्।
चरण २ : तपाईंले लिलामीमा सेयर कति र कतिमा किन्नुहुनेहो मूल्य र मात्रा तय गर्नुहोस् । लिलामी भएको शेयरको संख्या र सेयर बजारको हालको बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्नुपर्छ । सधैं आफ्नो मूल्य बजार भन्दा कम मूल्य मा सेट गर्नुहोस्। यदि लिलामी शेयरहरूको आपूर्ति ठूलो छ भने, तपाइँ तपाइँको खरीद मूल्य थप कम गर्न सक्नुहुन्छ।
चरण ३ : सम्बन्धित बिक्रि प्रबन्धक / मर्चेन्ट बैंकरमा जानुहोस्। (कम्पनीले लिलामीको लागि बिक्रि प्रबन्धक चयन गर्दछ)
चरण ४ : बिक्री प्रबन्धकको काउन्टर बाट रु. १०० मा लिलामी फारम खरिद गर्नुहोस्।
चरण ५ : खाता नम्बर फारममा दिइएको हुन्छ । त्यहा दिइएको खाता नम्बरमा आफुले लिन चाएको शेयर बराबरको रकम जम्मा गर्नुपर्नेछ। तपाईले खरिद गर्न चाहेको शेयरको कुल रकम तोकिएको बैंक खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
चरण ६ : बैंकमा रकम जम्मा गरिसकेपछि, फारम भर्नुहोस् र भौचरसँग सिल गरि खाममा बन्द गरेर बिक्री प्रबन्धकलाई फारम पेश गर्नुहोस्।
चरण ७ : रसिद लिनुहोस् र यसलाई सुरक्षित राख्नुहोस्। शेयर बाँडफाँडको केहि समय पछि तपाइँको डिम्याट शेयर खातामा जम्मा हुनेछ। यदि तपाईलाई शेयर परेन भने, बोलीको रकम स्वचालित रूपमा तपाईको बैंक खातामा जम्मा हुनेछ















