×
Lagani
Lagani Shiksha gif
रास्वपाको मधेश प्रदेश अधिवेशन स्थगित



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जेठ २८ गतेका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेको हो ।

केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख गरेका छन् ।

Lagani Shiksha gif

पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४९ बमोजिम आयोगलाई प्राप्त अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको उल्लेख गरिएको छ । मधेस प्रदेशको अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्नका लागि अधिवेशन स्थगित गरिएको बताइएको छ ।

अधिवेशनलाई लिएर पर्सा र सिरहामा कार्यकर्ताहरुबीच झडप भएको थियो भने विवादकाबीच पर्साको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भए पनि सिरहाको हुन सकेको छैन । त्यस्तै बारा जिल्लाको अधिवेशन पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस