×
Lagani
Lagani Shiksha gif
प्रतिनिधि सभाको बैठक स्थगित



प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीको सीमा बारेको अभिव्यक्ति सच्याउन माग गर्दै अवरोध जारी राखेपछि सभामुख डिपी अर्यालले भोली सम्मका लागि बैठक स्थगित गरेका हुन् ।

Lagani Shiksha gif

बैठकमा एमालेका सांसद क्षितिज थेवेले प्रधानमन्त्रीले अभिव्यक्ति नसच्य्याएसम्म अवरोध जारी हुने जानकारी दिदै आर्थिक विधेयकमा भएको हेरफेरप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यस्तै नेकपाका सांसद महेन्द्रबहादुर शाहीले विपक्षी दलहरुले गलत माग नराखेको स्पष्ट गर्दै गम्भीर विषय भएकाले प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिनैपर्ने बताएका छन् । सांसद शाहीले बजेटका विषयमा अनेकौ विषय बाहिर आएको बताउदै करका दर चुहावट भएको विषयमा जनता र प्रतिपक्षी दलहरुले जवाफ खोजेको बताए । उनले सभामुखलाई पेलेर संसद नचलाउन सुझाव दिदै छलफल गरेर अगाडी बढ्न समेत सुझाव दिए ।

त्यस्तै आज काँग्रेसको आग्रहमा संसदमा विपाक्षी दलहरुले पाँच मिनेटसम्म मौन धारण समेत गरेका थिए । काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा जोगाउन ज्यान दिने शहिदहरुको अपमान भएको भन्दै उनीहरुको सम्झनामा मौन धारण गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस