×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री नेपालले भारतको सीमा अतिक्रमण गरेको प्रमाणित गर्न लागिरहेको काँग्रेस सांसद राईको आरोप



नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह नेपालले भारतको सीमा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री शाह नेपालले भारतको सीमा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागिरहेको र प्रधानमन्त्रीका शुभचिन्तकहरुले समेत नेपाल सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेको आरोप लगाएका हुन् ।

Lagani Shiksha gif

उनले आफू इलामको भारतीय सीमावर्ती गाउँमा जन्मे हुर्केको बताउँदै नेपालले भारतको कुनै पनि ठाउँमा सीमा नमिचेको र नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश नभएको बताएका छन् । उनले विश्वको नजरमा नेपाल सीमा अतिक्रमणकारी देश होइन र बन्न नसक्ने समेत बताए । साथै राईले यो तहको राष्ट्रघात गर्न किन मन लागेको भन्ने प्रश्न गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस