×
Lagani
Lagani Shiksha gif
सुदूरपश्चिममा काँग्रेसका मन्त्री फेरिए



सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

Lagani Shiksha gif

त्यस्तै, जुना दानी आर्थिक मामिला राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्री रहेका छन् ।

यसैबीच, नेकपा एमालेले भने आफ्ना नयाँ मन्त्रीहरू सरकारमा नपठाउने निर्णय गरेको छ । एमालेका अनुसार हाललाई पार्टीको निर्देशनअनुसार नयाँ मन्त्री नियुक्त नगरी पुरानै मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट बलबहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाएका हुन् । काँग्रेसमा मुख्यमन्त्रीबाट शाहलाई हटाउने तयारी शुरु भएपछि उनले मन्त्री फेरेको बताइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस