SFEF 9.29 0.22 NHPC 220.1 0 NIL 912 8 TAMOR 482.9 -2.1 MKJC 467.9 -1 NTC 980.1 -2.4 SJCL 326 -3.7 NABIL 594 3 GVL 538.5 -22 CLI 634 -4.9 MFIL 768 48 SANIMA 326 -10.2 SGHC 393.6 0.1 NLICL 606 -4 DDBL 916.2 3.1 C30MF 9.74 0 MFLD85 1050 -20 AKJCL 209 -3 SIKLES 707 -3 HIDCL 270.7 -4.1 MKHC 339 -1 NIBLGF 9.1 0.38 TSHL 909 -11 ILBS 980 -21.5 PHCL 465.1 -9.9 PRIN 968 4 MHL 725 3.5 CGH 909 -5 SIGS2 10.05 0 NIMB 241.9 -9.1 BHL 440 -13 RFPL 532 11.1 NIBD2082 1099 0 NLO 242.1 0 UMHL 308 -4 AHL 651 2 CORBL 958.8 -10.2 MKHL 493 -6 SPIL 853 -18 BOKD86 1040 18
×
पृथ्वीतर्फ तीव्र गतिमा आउँदै सौर्य आँधी, १७ डिसेम्बरमा विनाश निम्त्याउन सक्ने !



ब्रह्माण्डमा हुने एक घटनाले पृथ्वीलाई फेरि एकपटक असर गर्ने देखिएको छ।

नासाका वैज्ञानिकहरूले सुर्यमा देखा पर्ने एक घटनाका कारण वास्तवमा पृथ्वीमा खतरा हुन सक्ने चेतावनी दिइएका छन्  ।  नासाका अनुसार एक सौर्य आँधी धेरै तीव्र गतिमा पृथ्वी तिर बढिरहेको छ। डिसेम्बर १७ मा पृथ्वीमा ठोक्किने सम्भावना छ, जसले विश्वका धेरै ठाउँमा विनाश निम्त्याउन सक्छ ।

मिडिया रिपोर्टका अनुसार गत बिहीबार नै सूर्यमा ठुलो विस्फोट भएको थियो, जसलाई सोलार फ्लेयर भनिन्छ। जसका कारण अमेरिकामा सञ्चार सेवा ठप्प भएको छ । सर्टवेभ रेडियो ब्ल्याक आउट भयो। ह्याम रेडियो अपरेटरहरू पनि धेरै प्रभावित भएका छन्, जसका कारण मानिसहरूले धेरै समस्या भोग्नुपरेको छ।

यस बिषयमा अन्तर्राष्ट्रिय संचार माध्यमले लेखका समाचारहरु हेर्न यहाँ क्लिक गर्नुहोस : 

सन् २०२५ सम्म सूर्यमा लगातार विस्फोटहरू भइरहनेः

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रिपोर्ट अनुसार सूर्य आफ्नो ११ वर्ष लामो सौर्य चक्रबाट गुज्रिरहेको छ । यसका कारण सूर्यमा कोरोनल मास इजेक्शन (सीएमई) र सोलार फ्लेयर भइरहेका छन्, जुन २०२५ सम्म जारी रहनेछ। यो सेप्टेम्बर २०१७ पछि सूर्यमा देखिएको सबैभन्दा ठूलो सौर्य फ्लेयर हो ।

३५१४ नामको सनस्पटबाट एक्स टुः ८ श्रेणीको विस्फोट भएको थियो, जसले पृथ्वीतर्फ सर्दै गरेको सौर्य आँधीको कारण बनेको हो । यस सौर्य आँधीका कारण १५ वा १६ डिसेम्बरमा पृथ्वीमा भू–चुम्बकीय आँधी आउन सक्छ। जसका कारण १७ डिसेम्बरमा पृथ्वीमा उथलपुथल आउन सक्छ ।

कोरोनल मास इजेक्शन भनेको के हो?

कोरोनल मास इजेक्शन सौर्य प्लाज्माका बादलहरू हुन्, जुन सौर्य विस्फोट पछि सूर्यको चुम्बकीय क्षेत्रबाट अन्तरिक्षमा निष्कासित हुन्छन् । यी बादलहरू अन्तरिक्षमा घुमि रहन्छन्। तिनीहरू जति घुम्छन्, त्यति नै विस्तार हुन्छन्। यी बादलहरूले वरिपरि घुम्ने क्रममा लाखौं माइलको दूरी ओगट्छन्। घुम्ने क्रममा यी बादलहरू ग्रहहरूको चुम्बकीय क्षेत्रसँग ठोक्किन्छन्। यस्तो अवस्थामा जब तिनीहरूको पक्षहरू पृथ्वी तिर हुन्छन्, तिनीहरूले भू–चुम्बकीय अवरोध सिर्जना गर्छन्।

जसका कारण स्याटेलाइटमा सर्ट सर्किट हुन्छ । पावर ग्रिड प्रभावित छन्। जसका कारण अन्तरिक्ष यात्रीको ज्यान पनि खतरामा पर्न सक्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस