GBBL 447 -6 SFCL 704.1 63.6 NICAD8283 1169.8 86.8 BHPL 655.1 -12.7 RHGCL 388 0 LEC 276.8 -6 MFLD85 1050 -20 NIL 912 8 EBLD86 1040 -2 PBD84 1065 1.7 NBF2 9.15 -0.05 NGPL 472 -2.9 GBIME 256.1 -4.4 SPDL 310 5 SHL 512 -4.5 JOSHI 305 -6.8 LLBS 1050 5 NHDL 570 0 RAWA 889 29 GRDBL 743 5 TVCL 461 1 SBLD89 1200 16.1 NESDO 2229 -18 SMH 1064.8 5.9 NMBD87/88 1027 -3 BBC 4255 50 NIMB 241.9 -9.1 MLBL 398 -6.9 NABBC 631 -12 KBLD86 1115 0 MLBBL 1635 15 KEF 9 0.28 NBLD85 1025 0 MBLD2085 1085 6.5 SMHL 613.1 -4 PRVU 248 -10 SDBD87 1035 4 IHL 499 -1 PMHPL 260 -4 SLCF 9.21 -0.1
×
रविको प्रश्न- सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने ?



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुने तर्क राखेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै यसलाई बन्द नभई नियमन गर्नुपर्ने बताएका छन्।  “सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौँ युजर र कन्टेन्ट खराब छन् । तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिकरूपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान् ।

के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कयौँ प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौँ अफबाहलाई मूलधारले फेक प्रमाणीकरण गरे । आजको युगमा सोसियल मिडियाको  विकल्प सुधारिएको सोसियल मिडिया हो,” उनले भनेका छन् ।

टिकटकमा हाल्ने सामग्री फेसबुक इन्स्टाग्राममा पनि राख्न मिल्ने भन्दै त्यसलाई पनि बन्द गर्ने भन्दै उनले प्रश्‍न गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस