×
पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता , ग्याँसमा सहुलियत दिने !



सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।

IELTS PTE copy पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता , ग्याँसमा सहुलियत दिने !
Free delivery पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता , ग्याँसमा सहुलियत दिने !

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताएकी छन्। अब केहि समयमै नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने समेत  उनले बताइन् ।

नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियाे । अब उक्त बढेको मूल्य फिर्ता भएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस