×
नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको लक्ष्य।



१९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा माल्दिभ्सविरुद्ध नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खासै राम्रो सुरुवात गरेको थिएन। ७० रन भित्रै ४ विकेट गुमाएको नेपालका लागि गुलसन र कुशल मल्लले राम्रो प्रदर्शन गरेपछि नेपालले २ सय १३ रनको लक्ष्य दिन सफल भएको हो।

नेपालका लागि कुशल भुर्तेलले १९ , असिफले १६ , विनोद भण्डारीले १३ , सन्दिप जोराले ५ , गुलसनले ३५ , रोहित पौडेलले ५२  , कुशल मल्लले  ४७ , दिपेन्द्रले ६  रन र सोम्पालले १ रन बनाएका छन्।

माल्दिभ्सले नेपालविरुद्ध ८ वटा बलर प्रयोग गरेको थियो। सुरुको १० ओभरसम्म माल्दिभ्ससामु निरिह जस्तो रहेको नेपाल पछिल्लो १० ओभरमा कमब्याक गरेको हो ।

Screenshot 2023 10 01 084155 नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको लक्ष्य।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Uddhav Adhikari
Guest
Uddhav Adhikari
October 1, 2023 9:44 am


ताजा समाचार
लोकप्रिय
सिफारिस