NESDO 2229 -18 SBI 482.9 -6 SMJC 574 -6 NIL 912 8 GBBLPO 205 0 ALICL 714.5 -1.2 NHPC 220.1 0 HEIP 381.8 20.8 SGIC 641.2 -4.8 BFC 625 9.1 SRLI 443.1 -4.9 MKJC 467.9 -1 NMB50 10.3 0.05 NHDL 570 0 NIMB 241.9 -9.1 FOWAD 1479 0 GMFBS 1512.1 -16.9 NICLBSL 705.5 -7.5 PHCL 465.1 -9.9 CIZBD86 1060 -10 KPCL 493 -0.8 JOSHI 305 -6.8 PRVU 248 -10 RIDI 235 0 MBL 255 -4 ILBS 980 -21.5 SKBBL 934 -3 AKJCL 209 -3 SWBBL 1065 2.1 SPC 520 5 SAEF 11.22 0.17 TVCL 461 1 AHPC 267 -0.6 RNLI 495.5 1.5 SICL 832 0 SHIVM 599 -8 IGI 600 -4 KSBBLD87 1093.4 18.4 MPFL 751 5 LEC 276.8 -6
×
सोमपाल र दीपेन्द्र चम्किदा यूएईविरुद्ध नेपालको पहिलो जित।



आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले युएई विरुद्धको सबैभन्दा अविस्मरणीय जित हात पारेको छ ।

नेपालले युएईलाई ४२ रनले पराजित गरेको छ । नेपाललाई दिएको २३० शोको लक्ष्य पछ्याउँदै युएईले ४५ ओभरमा १८७ रन बनाएको थियो । नेपालले पछिल्ला तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको थियो। यसघि युएईसँगै नेपाल पराजित भएको थियो । २०८ रनको लक्ष्य पछ्याएको नेपालले गम्भिर ब्याटिङ गर्दै १३९ रनमा अल आउट भएको थियो ।

युएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट दिपेन्द्र सिंह ऐरीले लिएपछि नेपालले खेलमा फर्कियो । ११५ बलको सामना गरेका खानले २ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए । ४१.२ ओभरमा युएईको सातौं विकेटको रूपमा भापोरस एक्स्पोज खान। त्यसको केही समय नबित्दै, ऐरीले ४१.३ ओभरमा युएईको आठौं विकेटको रूपमा कार्तिक मैयप्पनलाई आउट गरे। आर्यन लाक्राले ५० रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र आरिफ सेखले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

युएईलाई हराएपछि नेपालको अंक तालिकामा शीर्ष तीनको सम्भावना कायमै रहने छ । पीएनजीसँग युएईले दुवै खेल हारेपछि नेपालले पनि त्यसबाट फाइदा उठायो। आइतबार भएको खेलमा युएई पीएनजीसँग ५ विकेटले पराजित भएको थियो ।

नेपालले ३२ खेलमा ३२ अंक प्राप्त गरेको छ । युएईमाथिको जितसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । युएईपछि नेपालले एसोसिएसन टुको अन्तिम सिरिज युएई र पीएनजीसँग फेब्रुअरी २५ गते घरेलु मैदानमा खेल्नेछ । बाँकी ४ मध्ये २ खेलमा जित हासिल गरेपछि नेपालले ओडीआई खेल्न पाउने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस