×
Lagani
Lagani Shiksha gif
भारतबाट ल्याइएको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु।



भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट झापा ल्याइएको चार ट्यांकरमा डिजेलमा मिसावट भेटिएपछि छानबिन सुरु गरिएको छ।

नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानबिन थालेको हो। टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ।

Lagani Shiksha gif
sharehubapk भारतबाट ल्याइएको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु।

निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ। “केन्द्रबाट आउनुभएको छानबिन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छ,” उनले भने।

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे१ख २१५१, उत्तरगङ्गा यातायात प्रालिका नाममा रहेको ना७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना७ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ ।

ती ट्यांकर हाल चारआलीस्थित निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ। भारतबाट ट्यांकरबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै विक्रेता पेट्रोलपम्पमा पठाउने चलन छ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानबिन समितिले आजदेखि छानबिन थालेको हो। छानबिन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् ।

भारतमा नेपालको तुलनामा मट्टीतेलको मूल्य कम रहेको छ। अझ सरकारी कोटाको मट्टितेल झनै सस्तो हुने गर्दछ। नेपाल ल्याइएको डिजेलमा भारतको सस्तो मट्टीतेल मिसाइएको हुनसक्ने आशङ्का गरिएको छ।

पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमि टाढा रहेको छ भने चारआली डिपो १५ किमिमा छ। भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्यांकरको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्दछ।

चारआलीस्थित निगमको कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्यांकरमा आएको डिजेलको घनत्व आठ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो। जबकि त्यही तेल भारतको सिलिगुढीमा लोड गर्दा आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो । निगमले अढाइ किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ ।

सिलिगुढीबाट चारआली आइपुगेका चारवटै ट्यांकरको डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशङ्का गरिएको हो। मट्टितेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस