RBCLPO 12300 88 SBD87 1048 11.9 MLBBL 1635 15 KBL 234 -6.9 NLG 1317 2 PHCL 465.1 -9.9 EBLD85 1105 5 NICSF 9.5 0.25 CCBD88 1123.1 6.1 SLBSL 1398.4 21.4 AHPC 267 -0.6 FOWAD 1479 0 CZBIL 242 -10 BNT 14350 -50 NGPL 472 -2.9 NIMB 241.9 -9.1 KMCDB 1027.8 -11.1 HURJA 220 -4.6 MLBL 398 -6.9 SFCL 704.1 63.6 SNMAPO 190 0 ALICL 714.5 -1.2 CKHL 632 -8 HDL 1423.1 49.1 MEL 292 2 ULHC 390 -7.9 AKJCL 209 -3 DHPL 242 1 NIL 912 8 HHL 439 -3.2 GBILD86/87 1030 4 PMLI 562 1 UMHL 308 -4 EBL 605 5 SIGS3 9.45 0.09 SPIL 853 -18 SBCF 9 -0.2 KDBY 9.21 -0.23 RAWA 889 29 UPCL 262.2 -2.7
×
यती समूहको मात्रै १४ ओटा विमान दुर्घटनामा , के यो संयोग मात्रै हो त?



‘एटिआर–७२’ विमान आइतबार पोखरामा दुर्घटना भएसँगै यती एयरलाइन्सले नेपाली आकाशमै गुमाएको विमान संख्या १४ पुगेको छ।

७ महिनाअघि मात्रै यती समूहको तारा एयरको ‘९ एन एइएटी ट्विनअटर’ विमान दुर्घटना भएको थियो। २४ वर्षअघि सन् १९९८ (२०५५ साल जेठ) मा यती एयरलाइन्सको स्थापना भएको थियो। उसले नेपाली आकाशमा ३५ वटा एयरक्राफ्ट ल्याएर सञ्चालन गरिरहेको छ। जसमध्ये १४ वटा दुर्घटनामा परिसकेका छन्। त्यसमा १६६ जनाले ज्यान गुमाएका छन् भने आइतबारको दुर्घटनामा ७० को मृत्युसँगै थप दुई जना बेपत्ता छन्।

यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो। त्यसपछि १२ जुन २००६ मा जुम्ला विमानस्थलमा भएको दुर्घटनामा ९ जनाको मृत्यु भयो। यस्तै ८ अक्टोबर २००८ मा लुक्ला विमानस्थलमा दुर्घटना हुँदा १८ जना, १५ डिसेम्बर २०१० मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना हुँदा २२ जना, २४ फेब्रुअरी २०१६ मा ताराकै विमान म्याग्दीमा दुर्घटना हुँदा २३ जना, २९ मे २०२२ (गत जेठ)मा तारा एयरकै विमान मुस्ताङमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।

यसरी यती समूहका विमान धमाधम दुर्घटनामा पर्नुले त्यसमाथि प्रश्नचिह्न खडा भएको छ। ‘दुर्घटना आफैंमा दुर्घटना हुन्छ। कतिपय अवस्थामा त्यसलाई संयोग मात्र मान्न सकिएला तर बारम्बार एउटै कम्पनीको विमान किन दुर्घटना भइरहेको छ ? त्यसलाई सामान्य रूपमा लिन सकिन्न,’ वरिष्ठ पाइलट क्याप्टेन कुमार पाण्डे भन्छन्, ‘त्यसबारे स्वयं कम्पनी र सरकारका नियामक निकायले निर्मम ढंगले समीक्षा गर्नुपर्ने हुन्छ।’

यता यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भने कम्पनीले हरेक दुर्घटनापिच्छे समीक्षा गर्ने गरेको बताउँदै भन्छन्, ‘छानबिन आयोगको प्रतिवेदनका आधारमा हामीले सुधारका काम पनि गर्दै आएका छौं। दुर्घटना भयो भन्दैमा सबैथोक शंकाले पनि हेर्नुहुन्न।’ यती समूहले दुर्गम र जोखिमका ठाउँमा विमान चलाइरहेकोतर्फ पनि ध्यान दिनुपर्ने बर्तौलाको तर्क छ। ‘हामी प्रतिकूल अवस्था हुने हिमाली क्षेत्रमा स–साना विमानबाट सेवा दिन्छौं जुन आफैंमा जोखिमयुक्त छ। दुर्घटना पनि अक्सर दुर्गममै भएका छन्। सुगममा भएको यस पटकको मात्रै हो,’ उनले भने।

छानबिनमा शंका

गत जेठ १५ गते यती समूहकै तारा एयरको विमान मुस्ताङमा दुर्घटना भएको भोलिपल्ट मन्त्रिपरिषद्ले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गर्‍यो। आयोगको सदस्यमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सदस्य सचिवका रूपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।

आयोगलाई १ सय दिनको समयावधि दिइएको थियो। तर सात महिना बित्दासमेत प्रतिवेदन आएको छैन। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि सो कुराको पुष्टि गरे। ‘थप अध्ययन गर्ने भनेर समय लागेको देखिन्छ,’ उनले भने, ‘प्रगति कति भएको छ, त्यो भने सम्बन्धित आयोगलाई नै थाहा होला।’

आइतबारको दुर्घटनालगत्तै पनि मन्त्रिपरिषद्को आपत्कालीन बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अर्का अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, विमान मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापासम्मिलित आयोग गठन गरेको छ। सदस्य सचिवको रूपमा अघिल्लो आयोगमा रहेका सहसचिव लामिछाने नै छन्।

नेपाली आकाशमा दुर्घटना हुँदा हरेक दुर्घटनापिच्छे यसैगरी छानबिन आयोग बन्छन्। आयोगलाई विस्तृत अध्ययनको जिम्मा दिइन्छ। तर, ती आयोगको काम, प्रतिवेदन र त्यसबाट प्राप्त सुझावको आधामा सुधार गरिएको पाइँदैन। प्रतिवेदन कार्यान्वयन नहुँदा तत्कालको आवाजलाई छलछाम गर्न मात्रै आयोग गठन गर्ने गरिएको आरोप लाग्ने गरेको छ। ‘खोइ ! हरेक पटक आयोग बन्छन्। ती आयोगले के रिपोर्ट ल्याउँछन् ? तिनले हवाई सुरक्षामा के कस्ता सुझाव दिए ? ती कति कार्यान्वयन भए ? केही सुनिँदैन,’ २५ वर्षदेखि हवाई सेवामा रहेका वरिष्ठ क्याप्टेन पाण्डे भन्छन्, ‘खाली दुर्घटना हुँदा आयोग बने भन्ने समाचार मात्र आउँछ। त्यसपछि ती आयोग नै यसरी अज्ञात भइदिन्छन् कि मानौं केही भएकै हुन्न।’हवाई क्षेत्रका एक विज्ञको भनाइमा ‘दुर्घटनापछि बन्ने समितिमै चलखेल हुन्छ। सत्यतथ्य ल्याउनेभन्दा मरेको पाइलट वा मौसमलाई दोष दिएर हवाई सेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरणका कमजोरी ढाकछोप गर्ने गरिन्छ।’

यसैबीच यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार नेपालमा उड्ने सबै एटिआर विमानको विस्तृत प्राविधिक परीक्षण गरेको छ। नेपालमा उडान भर्दै आएका सबै एटिआर विमानमा परीक्षण गर्दा कुनै समस्या फेला नपरेको प्राधिकरणले जनाएको छ। आजको नागरिक दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस