NMBD87/88 1027 -3 NBLD87 1020 -8 NIL 912 8 CLI 634 -4.9 MSLB 1564 -70 KKHC 260 -2 NBF2 9.15 -0.05 GHL 218.5 -1.1 MCHL 488.3 -3.7 SIGS3 9.45 0.09 NICLBSL 705.5 -7.5 MLBBL 1635 15 NRN 905 -8 CCBD88 1123.1 6.1 BHPL 655.1 -12.7 HLBSL 1010 -10 GBBLPO 205 0 SPC 520 5 SMPDA 910 -1 SFMF 10.2 -0.2 SNLI 585.1 -0.9 HURJA 220 -4.6 NLICL 606 -4 SMH 1064.8 5.9 PHCL 465.1 -9.9 CORBL 958.8 -10.2 IHL 499 -1 SSHL 215 0.8 GBLBS 738 -10 NICL 990.2 -4.8 NMFBS 1435 1 SJLIC 477 -7.5 UMHL 308 -4 SDBD87 1035 4 SBID83 1098 8.7 UPCL 262.2 -2.7 PSF 9.51 -0.09 HBLD83 1056.3 0.3 HHL 439 -3.2 SFCL 704.1 63.6
×
आमाको हातको बटुक र सेल नखाँदै पोखराको आकाशमा अस्ताइन सिर्जना



आइतबार पोखरामा भएको एति एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेमा रुपन्देहीको सैनामैना ५ सेरुवाकी सिर्जना हुङचुङ मगर पनि छिन।

सिर्जना दुर्घटना ग्रस्त विमानको चालक दलका सदस्य (एयर होस्टेस) हुन। सिर्जनाले शनिबार घरमा आमाबुवा र दाइभाउजु संग फोनमा लामै कुराकानी गरेकी थिइन। सिर्जनाको घरमा माघे संक्रान्तिमा सधै बटुक र सेल पाक्थ्यो। आमाले पकाएको बटुक र सेल असाध्यै खान मन लागेको भन्दै यसपाली अलि धेरै पठाइदिन भनेकी थिइन। त्यसकै लागि भाउजु सरस्वतीलाइ उनले सोमबार काठमाडौं बोलाएकी थिइन। आइतबार पोखरा र भद्रपुरको फ्लाइट रहेको उनले शनिबारै जानकारी गराएकी थिइन।

आमा खिमिसराले पनि आइतबार बिहानैदेखि सिर्जनालाइ असाध्यै मन पर्ने बटुक र सेल पकाउदै थिइन। सिर्जना (सिर्जु)लाइ त्यही बटुक र सेल कोशेली पठाइदिने तयारी थियो। तर अचानक पोखरामा यतीको जहाज दुर्घटनाको हल्ला चल्यो। चालक दलका ४ सहित ७२ जनाको शव निकाल्ने क्रम जारी रहेको खबरहरु टिभिले पनि भन्न थालेपछि घरमा रुवाबास सुरु भयो।

आमा खिमिसरा अहिले पनि छोरी सम्झेर घरी घरी मुर्छित हुन्छीन। छोरी सम्झेर भक्कानिदै भन्छिन ‘भएकी एउटी छोरी, मलाइ कस्तो भाछ कसलाइ के थाहा ? आफै भिरबाट हाम फालेर मरु जस्तो भाछ’। ‘हे भगवान बरु म पनि उसै संग जान पाएको भए हुन्थ्यो’ आमा खिमिसराले बिलौना गरीन।

सिर्जना परिवारकी एक्ली छोरी हुन। उनका दुइ जना दाइ र एक भाइ छन। गएको अशोजमा उनी दसैं मनाउन घर आएकी थिइन। परिवारसंग न्यास्रो लागेको र आमाले पकाएको बटुक र सेलरोटी खान मन लागेको भन्दै उनले यसपाली भाउजुलाइ सोमबार काठमाडौ बोलाएकी थिइन। तर आइतबार पोखराको आकाशमा उनी सदाकालागि अस्ताइन।

सिर्जनाले २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्न सुरु गरेकी हुन। मेहनती र लगनसील सिर्जना बढुवा भइ बोइङको परिचारिका बन्ने लिष्टमा छनौट भएको पनि परिवारले बताएको छ। २९ बर्षीय सिर्जनाले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङ स्कुलमा अध्ययन गरेकी हुन। पढाइमा अब्बल उनले बुटवलको सिसिटी कलेजबाट स्नातक पुरा गरेपछि एयर होस्टेसको तालिम लिएर २०७२ सालदेखि यती एयरमा काम सुरु गरेको उनका मामा एक बहादुरले बताए। आजको नागरिक दैनिक बाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस