KMCDB 1027.8 -11.1 GLBSL 1600.4 -29.6 CFCL 647 27.1 LSL 253.5 -5.5 MLBL 398 -6.9 VLUCL 588 -1.9 MSHL 938 3 FMDBL 758 -0.1 RAWA 889 29 SONA 473.2 -7.8 SBI 482.9 -6 NESDO 2229 -18 MHL 725 3.5 TSHL 909 -11 NICD88 1032 -21 NMB 263.9 -7.1 SGIC 641.2 -4.8 GBBL 447 -6 RURU 740 -9.8 WNLB 2650 -80 KSBBL 448 -3 CYCL 1540 -7 NABIL 594 3 SHL 512 -4.5 CBBL 980 1 NRIC 803 -5 MLBSL 2000 -26 PBD88 1102.1 2.1 RMF2 9.21 -0.13 BNHC 466.9 0.7 SCB 691.1 3.6 CHCL 568.9 -8.1 PBLD87 1028 -2 GIBF1 9.69 0.1 GHL 218.5 -1.1 SRLI 443.1 -4.9 LVF2 9 0 UAIL 639 -1 JBLB 1534 -3 SMB 1809 4
×
श्रीमान‍को सपना पूरा गर्ने अञ्जुको सपना अधुरै : आज ल्याण्ड गरेको भए पाइलट बन्ने थिइन् !



कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा ।

खतिवडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चाहन्थे ।त्यस बेला उनको श्रीमान् दीपक पोखरेल पाइलट थिए । पोखरेलले नेपाली सेनाको हेलिकप्टर उडाउँथे । जब उनलाई यति एयरलाइन्सले जागिर दिने अफर गर्‍यो उनले विमान चलाउन थाले । तर, २००६ मा जुम्लामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा पोखरेल सहित ९ जनाको ज्यान गयो ।

आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमान्को सपना पूरा गर्ने निधो गरिन् । आफ्ना बुबा गोविन्द खतिवडा र आमा इन्दिरा खतिवडाले नर्सिङ अध्ययन गर्न भनेपनि उनी श्रीमानकै सपना पुरा गर्न भन्दै पाइलट बन्ने अभियानमा लागिन् । भारतमा प्लस टु पास गरेपछि उनले अमेरिकाबाट पाइलटको अध्ययन पूरा गरेर नेपाल आएकी थिइन् । यद्यपि उनले प्रशिक्षण उडान सम्पन्न गर्ने आजै अन्तिम दिन थियो ।

आज भएको यति एयरको एटिआर ७२ विमान दुर्घटनामा ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा खतिवडा कोपाइलट थिइन् । तर, आजको उडानलाई उनले सफलतापूर्वक सम्पन्न गर्न सकिनन् । अर्थात् उनको सफल पाइलट बन्ने सपना पूरा हुन पाएन ।

पोखरामा भएको दुर्घटनामा उनी अहिलेसम्म वेपत्ता छिन् । उद्धारकर्ताहरुले खोजी र उद्धार कार्य जारी रहेको छ । विराटनगर– ५ घर भएकी उनका बुबा गोविन्द खतिवडा ६५ वर्ष माथिका भए । उनकी आमा इन्दिरा खतिवडा पनि अन्दाजी ६० वर्ष पुगिन् ।

अञ्जुकी एक मात्रै अन्दाजी २२ वर्षीय छोरी क्यानडामा अध्ययनरत छिन् । उनलाई पनि विमान दुर्घटनाबारे सूचना पठाइएको पारिवारिक स्रोतले जनाएको छ । विराटनगरस्थित उनको घरमा शोकाकुल अवस्था छ । बुबा गोविन्द खतिवडा बिलौना गरिरहेका थिए, ‘मलाइ नै सब हुनुपर्ने, ज्वाइँको पनि निधन भयो, छोरीको पनि प्लेन दुर्घटनामै निधन भयो ।’

यति एयरलाइन्सका अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठुला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन् । रातोपाटि बाट साभार। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस