H8020 10.2 -0.05 HEIP 381.8 20.8 LBLD86 1081 -0.2 NICL 990.2 -4.8 KSBBL 448 -3 SKBBL 934 -3 BNT 14350 -50 ILI 483.5 -2.5 NIBSF2 8.9 0.08 BFC 625 9.1 SMB 1809 4 SIGS3 9.45 0.09 GBLBS 738 -10 NICD88 1032 -21 GILB 1268.4 4.4 IGI 600 -4 SBI 482.9 -6 MDB 630 -3.8 JFL 655 6 PRSF 9.54 -0.11 NIBD2082 1099 0 AHL 651 2 CHL 353 0.4 CIZBD90 1081 1 SWMF 812 -13 KDL 1059 16 SIKLES 707 -3 NBLD87 1020 -8 GVL 538.5 -22 SJCL 326 -3.7 FOWAD 1479 0 RBCL 17071 -109 KDBY 9.21 -0.23 NTC 980.1 -2.4 ALBSL 1040 -4 MBJC 321 -8 LICN 1995.9 -27.1 MLBSL 2000 -26 HHL 439 -3.2 KSY 9.22 -0.19
×
मानव मूत्र: पैसा कमाउने सूत्र



म्याग्दीको मंगला गाउँपालिका– ५, अर्मनका किसानले करिब आधा दशकदेखि खेतीपातीमा मानव मूत्र प्रयोग गरिरहेका छन्।

गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानव मूत्र प्रयोग गरी खेती गर्दा उत्पादन बढेपछि यसको प्रयोग गर्ने क्रम बढ्दै गएको छ। सुन्तलाको पकेट क्षेत्र, कागतीलगायतका फलफूल खेतीमा गरिएको प्रयोग सफल भएको स्थानीय धनबहादुर रोकाले बताए।

‘विशेषगरी सुन्तला खेतीमा प्रयोग गरिरहेका छौं’, कृषक रोकाले भने, ‘मलमूत्रले सुन्तला उत्पादन वृद्धि भएको छ’, ‘जैविक किटाणुसमेत नष्ट गर्ने गरेको छ।’अर्मनमा करिब ६० घरधुरी कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गरेकोमा अधिकांशले मानव मूत्र प्रयोग गर्ने गरेको स्थानीय कृषक प्रेम रोका मगरले बताए।

सुन्तला उत्पादन राम्रो भएपछि बर्सेनि यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको बताए। गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्लामै पहिलोपटक २०७५ सालदेखि मानव मूत्र संकलन गर्न सुरुआत गरिएको थियो। अहिले यो अभियान उपलब्धिमूलक बनेको छ।

अर्मनको सिको गरी अन्य वडामा समेत प्रयोग भइरहेको अवस्थामा अब व्यवस्थित गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए। ‘विद्यालय र सार्वजनिक स्थानमा मानव मूत्र संकलनका लागि प्लास्टिकका ग्यालिन (जर्किन) राखिएको छ। शौचालयमा मूत्र बिर्सजन गर्नुको साटो स्थानीय र बटुवाले समेत जर्किन (ग्यालिन) मा गर्ने गरेका छन्’, खत्रीले भने।

गाउँपालिका अध्यक्ष रोकाले पाँचवटै वडामा उक्त कार्यक्रम लागु गर्न आवश्यक तयारीमा जुट्न कृषि शाखालाई निर्देशनसमेत दिएको बताए। एक लिटर पिसाबमा ३ लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिने गाउँपालिका अध्यक्ष रोकाले बताए।

’पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको छ’, रोकाले भने। अर्मनको शिशु कल्याण माविमा संकलन गरिएको मानव मूत्र प्रतिलिटर २५ रूपैयाँमा खरिद गरी सुन्तला खेतीमा प्रयोग गरेपछि यसले उत्पादन राम्रो दिएलगत्तै स्थानीयले निरन्तर प्रयोगमा जोड दिएको गाउँपालिका अध्यक्ष रोकाले बताए।

सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि यहाँका कृषक थप उत्साहित बनेका छन्। समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मंगला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको उनले बताए। ‘मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ’, बानियाँले भने। प्राविधिक बानियाँका अनुसार प्रत्येक घरघरमा पनि मानव मूत्र संकलन गरिँदै आइएकोमा अब तालिमसहित थप सहयोगको आवश्यकता रहेको बताए।

पिसाबमा क्याल्सियम र फास्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ। एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ। आजको नागरिक दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस