SAPDBL 569.6 -7.4 DOLTI 538 10 NTC 980.1 -2.4 BEDC 470 0 NHPC 220.1 0 BARUN 379 -6.1 NICGF2 8.78 -0.02 SMFBS 1505.2 6.2 PPCL 262 -5.2 AHL 651 2 KBSH 2386 -9 GVL 538.5 -22 SBLD89 1200 16.1 NABBC 631 -12 SHLB 1886.9 1.9 MBLD2085 1085 6.5 NIMBPO 176.9 -1.1 KSY 9.22 -0.19 SRBLD83 1065 -10 TRH 1118 -5 AHPC 267 -0.6 KBL 234 -6.9 NIFRA 280 -5 PBLD87 1028 -2 NLG 1317 2 GBILD86/87 1030 4 SPIL 853 -18 RLFL 625 6.9 CLI 634 -4.9 SWMF 812 -13 SBCF 9 -0.2 KMCDB 1027.8 -11.1 CFCL 647 27.1 NFS 1350 -43 LICN 1995.9 -27.1 KBLD89 1156 1 AKPL 248.5 -2.5 PMLI 562 1 SNLI 585.1 -0.9 MFLD85 1050 -20
×
खुर्सानीले रंगिएको रंग गाउँ



टाढाबाट झट्ट हेर्दा रातो रंगका जस्तापाताका छतहरूले रंगिएको जस्तो देखिने यो गाउँ डोल्पाको रंग हो ।

रंगिएका घरका छत जस्तो देखिने यी घरका छत जस्तापाताले नभई पाकेका खुर्सानीले रंगिएका हुन । त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाँउ जिल्लाको सबै भन्दा बढी खुर्सानी उत्पादन हुने गाउँमा पर्छ । यत्तिखेर रंग गाउँका २४२ घरधुरीका छत खुर्सानीले रंगिएका छन् ।घरका छतलाई सोलार ड्रायलको रूपमा प्रयोग गर्दै खुर्सानी सुकाएपछि गाउँ नै रातो जस्तापाताले रंगिएको जस्तो देखिने गरेको हो ।

रंगगाउँका केशर बुढाले रंग गाउँमा कति मात्रामा खुर्सानीको उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्कन नभए पनि प्रति घरधुरीले सरदर वार्षिक १५ देखि ३० क्वीन्टलसम्म खुर्सानी उत्पादन गर्ने गरेको बताए ।

रंगगाउँमा उत्पादन भएको खुर्सानी विशेष गरी उपल्लो डोल्पाका शे–फोक्सुडो,डोल्पोबुद्द छार्काताङसोङ्ग र काइके गाउँपालिका गरी ४ गाउँपालिकाका बासिन्दाले खरिद गर्ने गर्छन् ।

सामान्य खुर्सानीको खेती गर्ने घरधुरीले वार्षिक १ लाख सम्म कमाउने गरेको केशर बुढाले जानकारी दिए । धेरै खेती गर्नेले खुर्सानीबाटै वार्षिक दुई लाखसम्म कमाउने गरेको बताए । कतिपयको जीविकोपार्जन खुर्सानीकै आम्दानीबाट चल्ने गरेको उनको भनाई छ। प्रति क्न्टिल सात हजार ४०० सम्मा पर्ने वडा सदस्य हरिवान बुढाले बताए ।

अर्का खड्कलाल बुढाले नयाँ प्रविधिको खुर्सानी सुकाउने उपकरण नभएकाले पुरानै शैलीमा घरको छतमा खुर्सानी सुकाउँदा कहिले वर्षात हुँदा कुहिने त कहिले सितले कुहिने गर्दा गुणस्तरमा ह्रास आउने गरेको बताए ।

त्रिपुरासुन्दरी नगरपालिका  रंग गाउँमा सबैभन्दा बढी खुर्सानी उत्पादन हुने गरे पनि कृषि विकास कार्यालयसँग कुनै तथ्याङ्क छैन ।

यसो त जिल्लामा अहिले सम्म खुर्सानीको माग पूर्ति रंग गाउँले नै गर्दै आइरहेकाले जिल्ला बाहिरको खुर्सानी आयत गर्नु नपरेको त्रिपुरासुन्दरी नगरपालिका-४ का वडा सदस्य हरिवान बुढाले बताए । रंग गाउँ खुर्सानीको मात्र नभई स्याउ र बहुमूल्य जडिबुटी केशर खेतीको लागि पनि उर्भर भूमि मानिन्छ ।

खुर्सानी खेतीलाई आर्थिकोपार्जनको प्रमुख आधार बनाई रंगेली किसानको जीवनस्तर माथि उठाउन स्थानीय सरकारले आधुनिक प्रविधिमैत्री उपकरणको व्यवस्था गर्नु जरुरी छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस