×
Lagani
Lagani Shiksha gif
खुर्सानीले रंगिएको रंग गाउँ



टाढाबाट झट्ट हेर्दा रातो रंगका जस्तापाताका छतहरूले रंगिएको जस्तो देखिने यो गाउँ डोल्पाको रंग हो ।

रंगिएका घरका छत जस्तो देखिने यी घरका छत जस्तापाताले नभई पाकेका खुर्सानीले रंगिएका हुन । त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाँउ जिल्लाको सबै भन्दा बढी खुर्सानी उत्पादन हुने गाउँमा पर्छ । यत्तिखेर रंग गाउँका २४२ घरधुरीका छत खुर्सानीले रंगिएका छन् ।घरका छतलाई सोलार ड्रायलको रूपमा प्रयोग गर्दै खुर्सानी सुकाएपछि गाउँ नै रातो जस्तापाताले रंगिएको जस्तो देखिने गरेको हो ।

Lagani Shiksha gif
sharehubapk खुर्सानीले रंगिएको रंग गाउँ

रंगगाउँका केशर बुढाले रंग गाउँमा कति मात्रामा खुर्सानीको उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्कन नभए पनि प्रति घरधुरीले सरदर वार्षिक १५ देखि ३० क्वीन्टलसम्म खुर्सानी उत्पादन गर्ने गरेको बताए ।

रंगगाउँमा उत्पादन भएको खुर्सानी विशेष गरी उपल्लो डोल्पाका शे–फोक्सुडो,डोल्पोबुद्द छार्काताङसोङ्ग र काइके गाउँपालिका गरी ४ गाउँपालिकाका बासिन्दाले खरिद गर्ने गर्छन् ।

सामान्य खुर्सानीको खेती गर्ने घरधुरीले वार्षिक १ लाख सम्म कमाउने गरेको केशर बुढाले जानकारी दिए । धेरै खेती गर्नेले खुर्सानीबाटै वार्षिक दुई लाखसम्म कमाउने गरेको बताए । कतिपयको जीविकोपार्जन खुर्सानीकै आम्दानीबाट चल्ने गरेको उनको भनाई छ। प्रति क्न्टिल सात हजार ४०० सम्मा पर्ने वडा सदस्य हरिवान बुढाले बताए ।

अर्का खड्कलाल बुढाले नयाँ प्रविधिको खुर्सानी सुकाउने उपकरण नभएकाले पुरानै शैलीमा घरको छतमा खुर्सानी सुकाउँदा कहिले वर्षात हुँदा कुहिने त कहिले सितले कुहिने गर्दा गुणस्तरमा ह्रास आउने गरेको बताए ।

त्रिपुरासुन्दरी नगरपालिका  रंग गाउँमा सबैभन्दा बढी खुर्सानी उत्पादन हुने गरे पनि कृषि विकास कार्यालयसँग कुनै तथ्याङ्क छैन ।

यसो त जिल्लामा अहिले सम्म खुर्सानीको माग पूर्ति रंग गाउँले नै गर्दै आइरहेकाले जिल्ला बाहिरको खुर्सानी आयत गर्नु नपरेको त्रिपुरासुन्दरी नगरपालिका-४ का वडा सदस्य हरिवान बुढाले बताए । रंग गाउँ खुर्सानीको मात्र नभई स्याउ र बहुमूल्य जडिबुटी केशर खेतीको लागि पनि उर्भर भूमि मानिन्छ ।

खुर्सानी खेतीलाई आर्थिकोपार्जनको प्रमुख आधार बनाई रंगेली किसानको जीवनस्तर माथि उठाउन स्थानीय सरकारले आधुनिक प्रविधिमैत्री उपकरणको व्यवस्था गर्नु जरुरी छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस