×
कारोबार समयमा फ्लोरसिट हटाउन बोर्डको निर्देशन , ब्रोकरमा डिस्प्ले सुचारु हुने



नेपाल धितोपत्र बोर्डले कारोबार अवधिपश्चात मात्र फ्लोरसिट प्रवाह गर्न नेप्से लाई निर्देशन दिएको छ ।

हालसम्म कारोबार समयमानै फ्लोरसिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुँदै आएको थियो।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) बन्द भइरहेकोमा हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको कारण एग्जिविशन कक्ष पनि सुचारु गर्न बोर्डले भनेको हो  ।

यसै सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने/गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको Screen Exhibition Room सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै, कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस