KBLD89 – Nepse Bajar https://www.nepsebajar.com तपाइको लगानी , हाम्रो जानकारी Fri, 16 Sep 2022 04:03:46 +0000 en-US hourly 1 https://i0.wp.com/www.nepsebajar.com/content/uploads/2022/02/nepse-bajar-icon-png-2022.png?fit=32%2C32&ssl=1 KBLD89 – Nepse Bajar https://www.nepsebajar.com 32 32 189596550 कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन https://www.nepsebajar.com/details/47405 https://www.nepsebajar.com/details/47405#respond Fri, 16 Sep 2022 04:03:46 +0000 https://www.nepsebajar.com/?p=47405 कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ९इकाई० ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।  सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

]]>
https://www.nepsebajar.com/details/47405/feed 0 47405