कानुन – Nepse Bajar https://www.nepsebajar.com तपाइको लगानी , हाम्रो जानकारी Thu, 18 Nov 2021 06:29:40 +0000 en-US hourly 1 https://i0.wp.com/www.nepsebajar.com/content/uploads/2022/02/nepse-bajar-icon-png-2022.png?fit=32%2C32&ssl=1 कानुन – Nepse Bajar https://www.nepsebajar.com 32 32 189596550 विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा https://www.nepsebajar.com/details/5751 https://www.nepsebajar.com/details/5751#respond Thu, 18 Nov 2021 06:29:40 +0000 https://www.nepsebajar.com/?p=5751 अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा मन्त्री शर्माले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने धारणा राखेका हुन् ।

‘अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिउन्’, मन्त्री शर्माले भने, ‘सरल र रुकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।’ मन्त्री शर्माले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने बताए ।

राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको बताए । कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको भन्दै मन्त्री शर्माले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्नेमा बताए ।

मन्त्री शर्माले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरिकनै कानुन पास गरिदिँदा अहिले समस्या निम्तिएको जिकिर गरे । त्यसैले अब सूक्ष्म अध्ययन गरेर कानुन निर्माण गर्नुपर्ने शर्माले बताए ।

]]>
https://www.nepsebajar.com/details/5751/feed 0 5751