×
Lagani
Lagani Shiksha gif
किलाेकाे १ सय ५० रुपैयाँ सम्म पुग्यो चिनीको मूल्य , सरकार भने मौन !



बजारमा चिनीको अभाव भएसंगै चिनिको मूल्य ह्वात्तै बढेको छ।

एकमहिना अघि १ सय रुपैया किलोमा पाइने चिनीलाई केहि व्यापारीहरुले मनलाग्दी रुपमा भाउ बढाएर बिक्रि गरेका हुन्।  चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ ।

कुनै कुनै खुद्रा पसलमा चिनी नै छैन भने हुनेहरुले मनलाग्दी भाउ लिइरहेका छन्। नियम अनुसार १० प्रतिसत भन्दा बढी नाफामा विक्री गर्न नमिले पनि ६०% बढी सम्ममा विक्री गर्दा सरकार चुप बसेको छ। त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ भने नेपाल खुद्रा व्यापार सङ्घले खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको नाम हटाएको छ ।

व्यवसायीहरुले भने सरकारले चिनीको आयात अनुमति नदिएको कारणले गर्दा चिनीको अभाव भएको बताएका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस